२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १२:५२
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

काठमाडौंः मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ । 

प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताए । प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको थियो । 

पक्राउ परेका मध्ये जिआइएसबीका नेता नसिरुद्दिन अलीसहित अन्य ३०  जना सदस्य रहेका थिए । प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ वटा परिसरमा छापा मारेको रज्जारुद्दिनले बताए । अपरेसनमा कम्तीमा १८६ पीडितको उद्धार गरिएको उनले बताए । 

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैंक खाताहरू फ्रिज गरेको बताएका थिए जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो । (एजेन्सी)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise