२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

अल जजिराको कार्यालयमा हतियारसहित इजरायली सेनाको छापा

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १३:३९
अल जजिराको कार्यालयमा हतियारसहित इजरायली सेनाको छापा

एजेन्सी : कतारी समाचार संस्था अल जजिराको कार्यालयमा इजरायली सेना हतियारसहित प्रवेश गरेको छ । वेस्ट बैंकस्थित रमल्लाहमा रहेको अल जजिराको ब्युरो कार्यालयमा इजरायली सेनाले छापा मारेको अल जजिराले जनाएको छ ।

मास्क लगाएका हतियारधारी इजरायली सेना बलपूर्वक कार्यालयमा छिरी ४५ दिन सञ्चालन बन्द गर्न लिखित निर्देशन दिएको अलजजिरा नेटवर्कको वेष्ट ब्यांक ब्युरो प्रमुख वालिद अल–ओमारीले बताएका छन् ।

अलजजिराले आफ्नो कार्यालयमा इजरायली सेना हतियारसहित प्रवेश गर्दा प्रत्यक्ष प्रशारण गरेको थियो । उक्त भिडियोमा इजरायलका हतियारधारी सेनाहरू प्रवेश गरी एक पत्र ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरूलाई दिएको देखिएको छ ।

मध्य पूर्वमा अल जजिरालाई सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रूपमा लिइन्छ । अल जजिराकै कारण साउदीलगायतका मुलुकहरूले केही वर्ष पहिला कतारमाथि नाकाबन्दीसमेत गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise