२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

विरोध भएपछि प्रधानमन्त्रीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित

draupadi film
मध्यान्ह
२०८१ असोज ७ गते ११:३२
विरोध भएपछि प्रधानमन्त्रीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित

काठमाडौँ : अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको बृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले आज नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम थियो । तर, नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनु परेको पनि बताइएको छ । 

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise