काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको बताउदै यसरी समय खेर फाल्न नहुने तर्क गरे ।
सङ्घीयताको विषयमा उनले कागजमा सङ्घीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताए ।