२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनलाई हतियार बनाए : प्रचण्ड

Nada
२०८१ असोज ७ गते १७:५३
Shares
कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनलाई हतियार बनाए : प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमालेले संविधान संशोधनलाई सत्ताको हतियार बनाएको बताएका छन् ।

ncell

संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले अहिले परिस्थिति निकै जटिल बन्दै गएको बताए । ‘प्रचण्ड’ले भने, ‘परिस्थिति निकै जटिल छ, सहज छैन । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । अहिले दुई ठूला पार्टी त्यसको मर्मअनुसार अघि बढ्न खोजेका छैनन् । उनीहरूको एजेण्डा संविधान संशोधन दुई चार दिन अगाडिसम्म थिएन । यो संविधानले राजनीतिक स्थिरता भए समीक्षा गर्ने बेला भयो कहिल्यै भनेका थिएनन्  । कसैले सुन्नुभएको छ, एमाले र कांग्रेसले संविधान संशोधनको कहिल्यै छलफल गरेका थिएनन् । उनीहरूलाई चाहिएको सरकार थियो ।’

माओवादी केन्द्रको नेतृत्वको सरकारलाई हटाउनै पर्ने निष्कर्षमा पुगेपछि संविधान संशोधनको विषयलाई कथा बनाएको भन्दै उनले थपे, ‘यो उनीहरूको एजेण्डा होइन, अरूको एजेण्डा हो ।’

ताजा खबर

सम्बन्धित खबर