२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

जनमतले सोध्यो ९ नेतालाई स्पष्टीकरण

ADV
मध्यान्ह
२०८१ असोज ८ गते १७:३८
जनमतले सोध्यो ९ नेतालाई स्पष्टीकरण

काठमाडौँ : सीके राउत नेतृत्वको जनमत पार्टीले ९ नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ । शनिबार जलेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रम बिथोल्न खोजेको भन्दै ५ केन्द्रीय नेतासहित ९ जनालाई स्पष्टीकरण सोधेको हो ।

उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दीपककुमार साहले केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्य दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुरलाई स्पष्टीकरण सोधेका हुन् । जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव, सन्तोषकुमार मण्डल, रामजीवन साह र सिंहेश्वर मण्डललाई पनि स्पष्टीकरण साधेको पत्रमा उल्लेख छ ।

पार्टीभित्र गुटबन्दी तथा भाँडभैलो गरेको साथै पार्टीको अहित हुने काम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise