काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले तत्काल संकटकाल घोषणा गरि डेंगु नियन्त्रणको अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले ७७ मध्ये ५६ जिल्लामा संक्रमण फैलिदा समेत सरकार कुहिरोका काग बनेको आरोप लगाए ।
सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरिन् । गत बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाण्डौमा २ सहित ६ जनाको मृत्यु भईसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टौ फैलिदै गएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies