२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

draupadi film
मध्यान्ह
२०८१ असोज ९ गते ११:२२
उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं : आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता शुरु हुने भएको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगले आज सूचना जारी गरी राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ । निवेदन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन सकिने छ ।

निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने छ ।

पूरा सूचना हेर्नुहोस् :


 

ADV

सम्बन्धित खबर

Advertise