२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

बंगलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १७:२८
बंगलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

काठमाडौंः बंगलादेशको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ ।

बंगलादेश बैंकका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिए । उनले भने, ‘हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ ।’

केन्द्रीय बैंकले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैंकले अन्य बैंकका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट)मा वृद्धि गरेको थियो । मुद्रास्फीतिलाई नियन्त्रण गर्न वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणलाई ५० आधार बिन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो। 

बंगलादेशको मुद्रास्फीति अगस्टमा केही घटेर १०.४९ प्रतिशतमा झरेको थियो तर जुलाईमा ११.६६ प्रतिशतको उच्च रेकर्डपछि लगातार दोस्रो महिना दोहोरो अङ्कमा कायम रहेको थियो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise