२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

नागढुंगास्थित सुरुङ मार्ग नजिकै लेदोसहितको पहिरो, नौबिसे–काठमाडौं सडक अवरुद्ध

ADV
मध्यान्ह
२०८१ असोज ११ गते १४:३८
नागढुंगास्थित सुरुङ मार्ग नजिकै लेदोसहितको पहिरो, नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं : अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

लेदोका कारण सडक दुईतर्फ अवरुद्ध भएको छ । स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise