२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

निर्मलराज पौडेलले ल्याए दशैं गीत

Nada
२०८१ असोज ११ गते १९:२५
Shares
निर्मलराज पौडेलले ल्याए दशैं गीत

काठमाडौं : महान् चाड बडा दशैं सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र शहर बजारतिर दशैंका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको ‘बडा दशैं बडा दशैं, हर्षको आगमन’ नामक दशैं गीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।

ncell

वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी दिपिका थापाले गरेकी छन् । उक्त गीतमा कलाकार गोपाल ढकाल ‘छन्दे’, नवराज कार्कीका साथै वेलकम परिवारले अभिनयमा साथ दिएको छ ।

गीतकार तथा गायक पौडेलले भने, ‘विगत दश–पन्ध्र वर्ष अगाडिसम्म पनि बडा दशैंको रौनक, खुसीयालीको माहोल देखिने गर्दथ्यो, तर आजभोलि सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिहरुले पनि थाहा पाउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।’

गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परालगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको तीज गीत पनि सार्वजनिक भएको थियो ।


ताजा खबर

सम्बन्धित खबर