२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

ADV
कृष्ण तिवारी
२०८१ असोज ११ गते २०:५१
आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

रौतहट : रौतहट इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इशनाथ नगरपालिका–२ औरैयाका २४ वर्षीय रोशन साह सोनार रहेका छन् । उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएर हत्या गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार विश्वकर्मा पुजाका दिन खेतमा पानी हाल्ने पम्पको ट्याङ्कीबाट मट्टितेल झिकेर आगो लगाएको र श्रीमतीले गुहार मागेपछि ढोका खोलेर उल्टै बचाउने नाटक गरेका थिए ।

‘श्रीमतीलाई जलाएको आरोपमा हामीले कर्तव्य ज्यान मुद्दामा उनलाई कानूनी कारबाही अगाडि बढाएका छौं’उपरीक्षक घिमिरेले भने,‘गम्भीर घाइते महिलाको शुक्रबार उपचारको क्रममा कीर्तिपुरमा निधन भएको छ ।’

२०७९ साल फागुनमा वैवाहिक बन्धमा बाधिएकी उनीहरूको एक सन्तान छोरा जन्मिएको थियो । तर, गौर–२ माइती भएकी उनी सुत्केरी भएको ३५ दिनपछि ससुराली घर फर्किएको दिनपछि नै उनको छोराको मृत्यु भएको थियो । मृतक पिंकीका काका संजय मुखियाले पिंकी ८ महिनाको गर्भवती भएको बताए । ‘मेरो भतिजी गर्भवती थिइन् । तर उनका श्रीमान र परिवारले मिलेर गर्भवती श्रीमतीमाथि पटक–पटक घरेलु हिंसाको शिकार बनाएर मारे’ उनले भने । ९ दिनसम्म कीर्तिपुरस्थित वर्न अस्पतालमा जीवनसँग संघर्ष गरेकी पिंकीको शव उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै रहेको संजय मुखियाले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise