२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेसको प्रश्न- 'प्रधानमन्त्री डराएर संसदमा नआएको हो ?'

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते ११:५३
कांग्रेसको प्रश्न- 'प्रधानमन्त्री डराएर संसदमा नआएको हो ?'

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । 

उनले प्रधानमन्त्री डराएर संसदमा नआएको हो भन्दै प्रश्न गरेका छन् । उनले सरकारले संसदको अपमान गरेको बताउदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जाँदा संसदलाई जानकारी गराउनुपर्ने स्मरण गराए । 

ADVADV

सम्बन्धित खबर

Advertise