२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सांसद बजगाईंको प्रस्ताव- बन्दै गरेको संसद भवनभित्र 'बार' निर्माण गरौं

shivam cement
२०८१ जेठ ३२ गते १३:५६
Shares
सांसद बजगाईंको प्रस्ताव- बन्दै गरेको संसद भवनभित्र 'बार' निर्माण गरौं

काठमाडौं : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधीन संसद भवनभित्र ‘बार’ बनाउन प्रस्ताव गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले विदेशी पाहुन र पर्यटकका लागि संसद भवनभित्र ‘सोसलाइजेशन बार’ निर्माण गर्न ध्यानाकर्षण गराएका हुन् ।

सो क्रममा उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको सुनाए ।

उनले भने, 'अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ,’ सांसद बजगाईंले भने, ‘सम्माननीय सभामुख महोदय बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुना आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु ।'

ताजा खबर

सम्बन्धित खबर