२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १७:४१
 उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताएका छन् । उनले संवेदनशील बेलामा विरोधका लागि विरोध नगर्न सबैलाई आग्रह गर्दै विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरे। 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अव थप तीव्रता दिइने बताएका हुन् । 

त्यसक्रममा उनले बाढी आउने कुरालाई रोक्न नसकिने भन्दै आफूले सकेअनुसार राहत र उद्धार गर्न सरकारका अङ्गलाई निर्देशन दिएको पनि बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ’, उनले भने, ‘मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’

ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए । 

विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्केका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise