२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गण्डकीका मन्त्री देवकोटा सांसदबाट पदमुक्त

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते १७:२०
गण्डकीका मन्त्री देवकोटा सांसदबाट पदमुक्त

काठमाडौं : गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले देवकोटालाई प्रदेशसभा सदस्यबाट निस्कासन गरी दल त्याग गरेको सूचना शुक्रबार प्रदेशसभा बैठकमा सभामुख धितालले वाचन गरी सुनाएका थिए ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरिएको जानकारीसहितको पत्र शुक्रबार नै संसद सचिवालयमा बुझाएका थिए ।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । 

माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise