२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार

एजेन्सी : उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जानकारी गराएको छ । प्योङयाङले दक्षिण कोरियामा सयौं ठुला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि जापानी क्षेत्रमा यो प्रहार गरेको हो ।

केही दिनअघि प्योङयाङले गरेको सैन्य जासुसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो । दक्षिण कोरियाली सेनाले बिहीबार उत्तर कोरियाले लगातार दुई दिन ‘जिपिएस सिग्नल’ जाम गर्ने प्रयास गरेको दावी गरेको छ । 

यसैबीच, संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई जापानको समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि ‘थप गैरकानुनी र अस्थिरकारी कार्यहरू’ रोक्न आह्वान गरेको छ । दक्षिण कोरियाली सेनाका उच्च पदस्थ अधिकारीका अनुसार प्योङयाङको सुनान क्षेत्रबाट बिहान करिब ६ बजे १४ मिनेटमा करिब दशवटा प्रक्षेपण गरिएको थियो र समुद्रमा खस्नुभन्दा पहिले करिब तीन सय पचास  किलोमिटर उडेको अनुमान गरिएको थियो । दक्षिण कोरियाली सेनाले थप प्रक्षेपणविरुद्ध निगरानी र सतर्कता अपनाएको र अमेरिका र जापानी अधिकारीहरूलाई जानकारी दिएको थियो ।

हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले दक्षिण कोरिया, जापान र अन्य क्षेत्रीय सहयोगी र साझेदारहरूसँग नजिकबाट परामर्श गरिरहेको बताएको छ । ‘हामी उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणबारे सचेत छौं । संयुक्त राज्य अमेरिकाले यी कार्यहरूको निन्दा गर्दछ र स्थितिप्रतिको निगरानी जारी राख्नेछ,’ हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले भनेको छ । 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोमा पत्रकारहरूसँग उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको र उक्त क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर रहेको बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise