२०८१ मंसिर १३ गते बिहिवार / Nov 28 , 2024 , Thursday
२०८१ मंसिर १३ गते बिहिवार

समाजसेवी तामाङको सहयोगमा धादिङका ३ सय ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ADV
मध्यान्ह
२०८१ असोज १६ गते २१:१७
समाजसेवी तामाङको सहयोगमा धादिङका ३ सय ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं : धादिङको खनियावास गाउँपालिका ४ घर भइ हाल अस्ट्रेलियामा रहेकी समाजसेवी उषा फ्युबा तामाङ र उनकी छोरी ९ वर्षीया तेजस्वीको सहयोगमा धादिङका चार वटा विद्यालयलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ ।

उक्त शैक्षिक सामग्री समाजसेवी प्रदिप फ्युवा तामाङ, रोशन फ्युवा तामाङ, बीरबहादुर गलथेन र राम गोम्जाले एक समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेका छन् । 

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मा रहेको  ४ वटा विद्यालयका ३ सय ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ । 

रोवाङ आ.वि स्कुलका १ सय १६ जना विद्यार्थीलाई ट्र्याकसुट, स्टेशनरी हस्तान्तरण गरिएको छ । उक्त सामग्री विद्यालयकी मिरा गिरीलाई हस्तान्तरण गरिएको छ । यस्तै वितेस आ.वि १ सय १० लाई ज्याकेट र कापी कलम वितरण गरिएको छ । 

यस्तै पिपलडाँडा आ.वि स्कूलमा ७३ वटा ट्रयाक सुट, कापी, कलम वितरण गरिएको छ । उक्त सामग्री विद्यालयका ईश्वर पोख्रेललाई हस्तान्तरण गरिएको हो । यस्तै बालकण्ठ आ.वि का ७० जना विद्यार्थीलाई स्कुल पोसाक, कापी र कलम हस्तान्तरण गरिएको छ । उक्त सामग्री विद्यालयका पवित्र घिमिरेलाई हस्तान्तरण गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise