२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रेरणादायी धौलीदेवी

shivam cement
दिपकराज भट्ट
२०८१ असार १ गते ०६:५५
Shares
प्रेरणादायी धौलीदेवी

डडेल्धुरा : ‘मैल पैसा तिरेरै विद्युतीय रिक्सा चलाउनु सिके’ डडेलधुराकी धौलीदेवी दमाइ भन्छिन्, ‘यति मात्र होइन, मैले जीवन चलाउने उपाय पनि सिके ।’ 

कोरोना महामारीले आर्थिक मन्दी भएका बेला धौली देवीले रिक्सा किनेकी थिइन् । रिक्सा किन्दा उनीसँग न चलाउने सीप थियो, न नगद । तर, उनको जीवन जिउने सोचले नै ऋण निकालेर रिक्सा किनिन् । 

रिक्सा किनेको बर्ष दिन सिक्नमै बित्यो । तर त्यसपछि कमाइको बाटो खुल्यो । आजभोलि उनी डडेल्धुराको सदरमुकाम हुँदै भालुमारे रुटसम्म रिक्सा दिनहुँ गडाउँछिन् । 

उनले दैनिक दुई हजारदेखि ३ हजारसम्म कमाउँछिन् । उनी स्थानीय सरकारको पहिलो निर्वाचनमा वडा सदस्य रहेर काम गरेको बताउँछिन् । 

धौली देवी एउटा रिक्सा चालक मात्र हैनन्, अरु महिलाका लागि प्रेरणाको स्रोत्र पनि बनेकी छिन् । उनले रिक्सा चलाउदै गर्दा सेवा पनि गर्ने गरेकी छिन् । उनी भन्छिन् ‘मैले पैसा नभएका महिला तथा बृद्धबृद्धालाई छुट तथा निशुल्क गनत्व्यमा पुगाउने काम गरेकी छु ।’ 

पछिल्लो समयमा उनको पेशा देखेर अरु महिला उत्साहित बनेका छन् । कतिपय महिलालाई आफ्नो योजना सुनाउने गरेको उनको भनाई छ । 

धौली देवी महिलाहरुका लागि प्रेरणाको स्रोत बनेकी छिन् । उनी सुदूर पहडमा रहेको डडेल्धुरा जिल्लामा पहिलो रिक्सा चालक महिला समेत हुन् ।

सम्बन्धित खबर