२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्री दाहाललाई के का लागि प्रधानमन्त्री भएको भन्ने नै थाहा छैन : गगन थापा

ADV
मध्यान्ह
२०८१ असार १ गते १५:३८
प्रधानमन्त्री दाहाललाई के का लागि प्रधानमन्त्री भएको भन्ने नै थाहा छैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाएको टिप्पणी गरेका छन् ।

शनिबार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले मन्त्रिपरिषदमा जुनियर मन्त्री पठाउनुका साथै सरकारको कामको पनि जिम्मा नलिएको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताए । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि थाहा नभएको उनको भनाइ थियो ।

उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise