२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एकीकृत समाजवादीमा एक लाख पचास हजार संगठित सदस्य

ADV
मध्यान्ह
२०८१ असार १ गते १६:११
एकीकृत समाजवादीमा एक लाख पचास हजार संगठित सदस्य

काठमाडौं : नेकपा एकीकृत समाजवादीले देशभर एक लाख पचास हजार संगठित सदस्य रहेका बताएको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ संगठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने बताए । 

राष्ट्रिय महाधिवेशनमा संगठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्नेछ । पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने उनले बताए । महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् ।

विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन्भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । पार्टी निकट जनवर्गीय संगठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनौटका लागि सङ्ख्या निर्धारण गरिएको छ ।

यही असार १६ देखि २० गतेसम्म पार्टीको दशौं महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभक्त भएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।

विसं २००६ मा कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी आफूलाई मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिएर अब हुने राष्ट्रिय महाधिवेशनलाई दशौं मानेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise