२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

ADV
मध्यान्ह
२०८१ असोज २२ गते १३:१३
राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ : राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरिन्  ।

सो अवसरमा राष्ट्रपति पौडेलले धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।

राष्ट्रपतिले भने-‘तर, जनजीवनका अन्य महत्त्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रूपमा काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

ADVADV

सम्बन्धित खबर

Advertise