२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

मन्त्री पदसँग मतदाताको पसिना जोडिएको छ, पदको दुरुपयोग गर्दिनँ : उद्योगमन्त्री भण्डारी

Nada
२०८१ असोज २८ गते २०:५३
Shares
मन्त्री पदसँग मतदाताको पसिना जोडिएको छ, पदको दुरुपयोग गर्दिनँ : उद्योगमन्त्री भण्डारी

बैतडीः संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूले पाएको पदको सम्मान हुने गरी काम गर्ने बताएका छन्। बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत,पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्ने गरी काम गर्ने बताएका हुन् ।

ncell

उनले वर्तमान सरकारलाई सफल बनाउन सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न समेत आग्रह गरेका थिए । जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाइ छ ।

मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताएका थिए । ‘प्रचण्ड’ नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उनको जिकिर थियो ।

‘विगतको सरकारमा म पनि सहभागी थिए, तर म आबद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरु कटौती गरिए,’ उनले भने, ‘चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरेर कार्यान्वयन गरिने छन्।’

उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।  ‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनै पनि योजनाले परिणाम दिनपर्ने हुन्छ’, उनले भने ।

ताजा खबर

सम्बन्धित खबर