२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने

ADV
मध्यान्ह
२०८१ असार २ गते १०:४७
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं - प्रतिनिधि सभाको बैठक अहिले बिहान ११ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक–२०८१ माथि छलफल हुनेछ ।  छलफलअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफल हुने कार्यसूची रहेको छ । 


मन्त्रालयगत शीर्षकको छलफल र सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत कार्यतालिका छ ।  बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नेछन् । यसैगरी सांसद रामहरी खतिवडाले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकबारे, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकबारे, मुक्ताकुमारी यादवले विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय शीर्षकबारे, राजेन्द्रप्रसाद लिङदेनले विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकबारे र रोशन कार्कीले विनियोजन विधेयक, २०८१ अन्तर्गत अर्थ मन्त्रालय शीर्षकबारे खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise