२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा : गरिबी निवारण मन्त्री अधिकारी 

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १४:४४
गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा : गरिबी निवारण मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । 

मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बताएका हुन् । 

बैठकमा बिम्स्टेकमा सहभागी सबै सात सदस्य राष्ट्रहरू-बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटान र नेपाल-का प्रतिनिधिहरू बैठकमा सहभागी भएका थिए । 

मन्त्री अधिकारीले “बिम्स्टेकले सदस्य राष्ट्रहरूलाई गरिबी निवारणमा सहकार्य र सहयोग गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको बताए ।  नेपालले यस छलफलको माध्यमबाट सदस्य राष्ट्रहरूसँग गरिबी घटाउने संयुक्त प्रयासमा यस क्षेत्रमा संयुक्त र एकिकृत समाधान निकाल्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाई छ ।

नेपालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिव श्रीराम ठाकुरको नेतृत्वमा आयोजना गरिएको यस बैठकमा गरिबी निवारणका विभिन्न मुद्दाहरूमा विचार विमर्श गरिएको छ । बैठकले सदस्य राष्ट्रहरूबीच गरिबी घटाउने उपायहरू, सफलताहरू र चुनौतीहरूमा छलफल गरी अनुभव आदान-प्रदान गर्ने लक्ष्य राखेको छ र आगामी सचिवस्तरीय  र मन्त्रिस्तरीय बैठकको सम्बन्धमा सहमति जुटाउने काम सम्पन्न गरेको छ । 

बैठकमा विभिन्न राष्ट्रहरूले आफ्नो गरिबी निवारणका रणनीतिहरू र उपलब्धिहरू प्रस्तुत गरेका थिए ।  नेपालले आफ्नो तर्फबाट पनि गरिबी निवारणसम्बन्धी आफ्नो रणनीति र चुनौतीहरू का साथै  कृषि र रोजगारी सिर्जनामा आधारित गरिबी निवारणका कार्यक्रमहरूबारे जानकारी गराएको सहसचिव श्रीराम ठाकुरले जानकारी दिए । 

त्यसैगरी गरिबी निवारणका सन्दर्भमा नवीनतम रणनीतिहरू, साझेदारीका अवसरहरू र दीर्घकालीन समाधानहरूबारे सदस्य राष्ट्रहरूको एकढिक्का भएको सहसचिव ठाकुरको भनाई छ । 

बैठकमा सहभागी विज्ञहरूले आफ्नो–आफ्नो देशका गरिबी घटाउने प्रयासहरूको समीक्षा गर्दै भविष्यका रणनीतिहरूको खाका तयार गरको मन्त्रालयले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise