२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

प्रधानमन्त्री ओली र जापानी राजदूत युुताकाबीच शिष्टाचार भेट

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १५:२६
प्रधानमन्त्री ओली र जापानी राजदूत युुताकाबीच शिष्टाचार भेट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । 

भेटका अवसरमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । 

भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी थिए ।  

भेटका क्रममा बाढी, पहिरोबाट प्रभावित विपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise