२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

तीन दलका शीर्ष नेताको बैठक : सर्च कमिटीलाई पूर्णता दिन सहमत

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते १६:३३
तीन दलका शीर्ष नेताको बैठक : सर्च कमिटीलाई पूर्णता दिन सहमत

काठमाडौँ : सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । बालुवाटार बैठकबाट निस्किँदै उनले भने, ‘आयोग गठन गर्नेबारे छलफल भयो । छलफल सकारात्मक भएको छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक/दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise