२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

टीआरसी आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन 

ADV
मध्यान्ह
२०८१ कार्तिक २ गते २२:५७
टीआरसी आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन 

काठमाडौं : सरकारले टीआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ ।  शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको पुरानै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । 

यसअघि गठन भएको मिश्र नेतृत्वको सिफारिस समितिलाई ब्यूँताएर आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी दिएको हो । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० चैत ३० मा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । 

समितिमा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिका साथै जगदीश शर्मा पौडेल, अर्जुनकुमार कार्की र स्टेला तामाङलाई सदस्य थिए । तर, पहिले संसद्मा विचाराधीन विधेयक पारित गर्नुपर्ने सर्त राखेर मानवअधिकार आयोगले प्रतिनिधित्व नगराएका कारण समितिले सिफारिस प्रक्रिया नै अघि बढाउन सकेको थिएन । अहिले मन्त्रिपरिषद् बैठकले सोही समितिलाई नै आयोगका लागि पदाधिकारी सिफारिसको जिम्मेवारी दिने निर्णय गरेको हो । 
 

ADVADV

सम्बन्धित खबर

Advertise