२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

कांग्रेसलाई बलियो बनाउन भातृ संस्थाहरू क्रियाशील हुनुपर्छ : सभापति पुन 

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ३ गते ११:५७
कांग्रेसलाई बलियो बनाउन भातृ संस्थाहरू क्रियाशील हुनुपर्छ : सभापति पुन 

लुम्बिनी : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।  नेपाली कांग्रेस बुद्ध भुमि नगरपालिका कपिलवस्तुले गरेको पालिका संवाद कार्यक्रमलाई  सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका हुन् । 

सभापति पुनले ‘पार्टीको संगठनलाई गतिशीलसँगै बलियो बनाउन सबै तहका भातृ तथा शुभेच्छुक संगठन क्रियाशील भएर लाग्नुपर्ने बताए । 

नेता तथा कार्यकर्ताहरू सबैले पार्टी प्रतिको आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई भुल्न नहुने भन्दै सभापति पुनले समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता लाग्नुपर्ने धारणा व्यक्त गरे । 

जनताको हरेक सुखदुःखसँग पार्टी संगठनलाई जोड्न आवश्यक रहेको उनले औल्याए । पार्टीको इतिहासलाई कसैले पनि बिर्सन नहुँने भन्दै  सभापति पुनले मजबुद र बलियो पार्टी बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए 

पुनले पार्टीभित्र देखिने गुटउप गुट अन्त्य नगरेसम्म कांग्रेस पार्टी बलियो पार्टी बन्न नसक्ने बताउदै माथिल्लो तहका नेताहरूले गुटबन्दी गर्दा तल्लो तहका कार्यकर्तामा निराशा आउन लागेको बताउदै लुम्बिनी प्रदेशभर पालिका संवाद लिएर हिडेको बताए ।

सभापति पुनले अबको लक्ष्य नेपाली कांग्रेसको पनि मिसन ८४ भएको बताउदै कांग्रेस एक भएमा मुलुकको कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गरे ।

सभापति पुन भाद्र २९ गतेदेखि प्रारम्भ गरेको पालिका संवाद कार्यक्रम लिएर कपिलबस्तु आइपुगेका हुन् ।कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, पूर्व केन्द्रीय सदस्य अत्तहर कमल मुसलमान, जिल्ला सभापति अब्दुल कलाम, रोमलाल खनाल, केशव श्रेष्ठ, कांग्रेस महिला नेतृ सीता बेल्वासेलगायतका नेताहरू सहभागी थिए । 

प्रदेश कार्य समितिका सदस्यहरू,  जिल्ला कार्यसमिति,  क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति, जननिर्वाचित प्रतिनिधिहरू,  पार्टीका जिम्मेवार सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise