२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ : रवि लामिछाने

shivam cement
मध्यान्ह
२०८१ कार्तिक ४ गते १४:१२
सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।

आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरूसँगको कुराकानीमा आफूलाई न्यायालयप्रति विश्वास रहेको बताएका हुन् ।

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।

सरकार आफैँले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

ADV

सम्बन्धित खबर

Advertise