२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

जनसभालाई सम्बोधन गर्न जुम्ला पुगे ‘प्रचण्ड’

ADV
मध्यान्ह
२०८१ कार्तिक ५ गते १२:३९
जनसभालाई सम्बोधन गर्न जुम्ला पुगे ‘प्रचण्ड’

 

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला पुगेका छन् । त्यहाँ हुने पार्टीको जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

सिञ्जा कनकासुन्दरीको गोरु चौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

‘प्रचण्ड’को सचिवालयले भनेको छ ‘उहाँले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’

त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् । नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिञ्जा कनकासुन्दरी अवलोकन गरेर उनी आजै काठमाडौँ फर्कने छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise