काठमाडौँ : गण्डकीको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा कांग्रेसका पौडेललाई नियुक्त गरिएको हो । योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।
पौडेलको आजै साढे ४ बजे शपथको तयारी गरिएको छ । मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । गण्डकीमा हाल ९ मन्त्रालय छ । कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।