२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

दल विभाजनको अध्यादेश ल्याए सरकार आफैं अप्ठ्यारोमा पर्छ : माधव नेपाल

ADV
मध्यान्ह
२०८१ कार्तिक ५ गते १४:५८
दल विभाजनको अध्यादेश ल्याए सरकार आफैं अप्ठ्यारोमा पर्छ : माधव नेपाल

कपिलवस्तु : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले दल विभाजनको अध्यादेश ल्याए सरकार आफैं अप्ठ्यारोमा पर्ने बताएका छन् ।

एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीले सोमबार कपिलवस्तुमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सरकारलाई चुनौती दिँदै भने, ‘सरकारले विकासका काम गरोस् । सुशासनको काम गरोस् । रोजगारी बढाउने काम गरोस् । राम्रो काममा ध्यान देओस् । तर दल विभाजन गर्ने अध्यादेश ल्याएर हिटलर बन्न खोजे पतन हुने निश्चित छ ।’

विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीले महाधिवेशनबाट समाजवादी दस्तावेजसमेत पारित गरेको बताउँदै पार्टी निर्माणमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन समेत दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise