२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

दल विभाजन गर्ने अध्यादेश नल्याउन विपक्षी दलहरुको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

ADV
मध्यान्ह
२०८१ कार्तिक ५ गते २१:५४
दल विभाजन गर्ने अध्यादेश नल्याउन विपक्षी दलहरुको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं : विपक्षी दलहरूले पार्टी फुटाउनेतिर नलाग्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई सोमबार साँझ ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । 

बालुवाटारमा भएको भेटमा विपक्षी दलहरूले अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न चेतावनी दिए । 

विपक्षी दलहरूले यी लगायत १३ बुँदे माग सरकारसँग राखेका छन् । जसमा वर्षाबाट राष्ट्रव्यापी क्षति भएका स्थानहरूको पहिचान गरी राहत र पुनस्थापनाका कार्यहरू तत्काल शुरु गर्नुपर्ने लगायतका विषय उल्लेख छ ।

सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार सहकारी पीडितको रकम फिर्ता हुने विषयको सुनिश्चितता गर्न पनि विपक्षी दलहरूको माग छ । 

नेपाल विद्युत प्राधिकरण लगायतका सार्वजनिक संस्थानहरू, विश्वविद्यालय र कर्मचारीतन्त्रमा भइरहेको राजनीतिक हस्तक्षेप भइराखेको भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise