२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

कात्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्दै माओवादी केन्द्र 

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते ११:०७
कात्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्दै माओवादी केन्द्र 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले कात्तिक १० गते जनप्रदर्शन गर्ने भएको छ । माओवादीले काठमाडौँमा सरकारविरुद्ध जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको हो । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै खबरदारी सभा गर्ने निर्णय गरेको हो । 

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानलगायतका मुद्दामा सरकार चुकेको निष्कर्षसहित प्रदर्शनको तयारी गरेको बताएको छ । 

सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरूको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न उक्त सभाको आयोजना गर्न लागिएको जनाएको छ ।

माओवादी केन्द्रले आफ्नो पार्टी नेतृत्वको सरकारले शुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिएका छन् ।


 

ADVADV

सम्बन्धित खबर

Advertise