२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

पार्टी फुट्ने हल्ला नियोजितरूपमा चलाइएको हो, त्यसमा सत्यता छैन : माधव नेपाल

Nada
लेखनाथ सिकारु
२०८१ कार्तिक ६ गते १५:१९
Shares
पार्टी फुट्ने हल्ला नियोजितरूपमा चलाइएको हो, त्यसमा सत्यता छैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजितरूपमा चलाइएको बताएका छन् । पार्टी मुख्यालय आलोकनगरमा मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी फुट्ने हल्लामा कुनै सत्यता नभएको बताएका हुन् । 

ncell

अध्यक्ष नेपालले नेता कार्यकर्तालाई हल्लाको पछि नलागी पार्टी संगठन निर्माणमा लाग्न निर्देशन दिए । समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै उनले भने, ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु, त्यसमा सत्यता छैन ।' 

बाग्मती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधरसहित प्रदेश कमिटीका सदस्यहरू सहभागी छन् । बैठकमा प्रदेशका गतिविधि, भावी योजनालगायत विविध  विषयमाथि छलफल हुने अध्यक्ष भुसालले बताइन् ।

ताजा खबर

सम्बन्धित खबर