२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

सडकमा प्रतिपक्षी

ADV
अस्मिता बम
२०८१ कार्तिक ७ गते ०६:३५
सडकमा प्रतिपक्षी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कातिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।

गत असोज दोस्रो साता अविरल वर्षापछिको विपद्मा उद्धार, राहत र पुनस्र्थापनाबारे सरकारको कामकारबाहीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाए माओवादी केन्द्रले सरकार विरुद्ध प्रदर्शन गर्न लागेको हो । 

माओवादी केन्द्रको अग्रसरतामा विपक्षी दलहरूले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । बालुवाटारमा भएको भेटमा विपक्षी दलहरूले १३ बुँदे माग सरकारसँग राखेका थिए । जसमा वर्षाबाट राष्ट्रव्यापी क्षति भएका स्थानहरूको पहिचान गरी राहत र पुनस्थापनाका कार्यहरू तत्काल सुरु गर्नुपर्ने लगायतका विषय उल्लेख छ ।

सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार सहकारी पीडितको रकम फिर्ता हुने विषयको सुनिश्चितता गर्न पनि विपक्षी दलहरूको माग छ । 

नेपाल विद्युत् प्राधिकरण लगायतका सार्वजनिक संस्थानहरू, विश्वविद्यालय र कर्मचारीतन्त्रमा भइरहेको राजनीतिक हस्तक्षेप भइराखेको भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । 

सरकारलाई ध्यानाकर्षण गराएपछि माओवादी केन्द्रले सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कातिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको हो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै खबरदारी सभा गर्ने निर्णयबारे जानकारी गराएका थिए । पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको हो । 

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनःस्थापना क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि खबरदारी सभा गर्न लागेको बताएको छ । 

माओवादी केन्द्रले आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्न लागेको पनि जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise