२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

पार्टीभित्र विचारमा कुनै मतभेद छैन : माधव नेपाल

shivam cement
२०८१ असार ३ गते १६:१३
Shares
पार्टीभित्र विचारमा कुनै मतभेद छैन : माधव नेपाल

काठमाडौं : अनेमसंघ (समाजवादी)को वैचारिक मुखपत्र ‘महिला संकल्प-२’को विमोचन गरिएको छ । सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरूकाे उपस्थितिमा ‘महिला संकल्प-२’ विमोचन गरिएको हो । 

पार्टी उपाध्यक्ष तथा अनेमसंघ अध्यक्ष जयन्ती राईको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालले आफ्ना विचार राखेका थिए । अध्यक्ष नेपालले पार्टीमा निराशा बाँड्नेहरू सकिएर जाने टिप्पणी गरे । उनले भने, ‘केही मानिसहरू विद्रोहकालदेखि आजका दिनसम्म आइपुग्दा खाली निराशा बाँडिरहेका छन् । राजनीतिमा निराशा बाँड्नेहरू सकिएर जान्छन् । पार्टीलाई प्रभावकारी ढंगले अगाडि बढाउनका निम्ति सबैको सक्रिय सहभागिता हुन आवश्यक छ ।’

अध्यक्ष नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरे । उनले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगाठनिकलगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि गरेको बताए । 

उनले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाइला त्यतैतिर सारेका छौं ।’

आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थितरुपमा अगाडि सार्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

ताजा खबर

सम्बन्धित खबर