२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेस सहमहामन्त्रीको चुनौती- नयाँले १० वर्ष पार्टी चलाएर देखाउन्

ADV
मध्यान्ह
२०८१ असार ३ गते १८:०५
कांग्रेस सहमहामन्त्रीको चुनौती- नयाँले १० वर्ष पार्टी चलाएर देखाउन्

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नयाँ आएकाहरूलाई १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन् ।

सोमबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा राठौरले भने - ‘मै हुँ भन्ने नयाँ पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन सकुन्, पार्टी चलाउन कस्तो हुन्छ भनेर बुझुन्, अहिलेको मै हुँ भन्ने नयाँ पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन्’ ।

‘७० वर्ष नेपाली कांग्रेस चलाउनु, यहाँसम्म पुर्‍याउनु कति गर्नुपर्‍यो होला ? समीक्षा गर्नुस् । राणा, पञ्चायत र राजा फाल्यौँ । कम्युनिस्टहरूलाई राजनीतिक र लोकतान्त्रिक पद्धतिको मूल प्रवाहमा ल्याउन कांग्रेसलाई कति ग्राहो भयो भन्ने कुरा अहिलेको नयाँ पुस्ताले बुझ्न जरुरी छ, पुरानाले बुझेका छन्’ नेता राठौरले भने ।

कांग्रेसबाहेक कसैले जनताको पक्षमा काम गर्न नसक्ने उनको दाबी छ । मुलुकमा कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै राठौरले यो सानो कुरा नभएको जिकिर गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise