२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

आर्यघाटका लागि उपप्रमुख चौधरीद्वारा करोडौंको जग्गा दान

ADV
ओमप्रकाश यादव
२०८१ असार ३ गते २१:०९
आर्यघाटका लागि उपप्रमुख चौधरीद्वारा करोडौंको जग्गा दान

रौतहट : रौतहटको गरुडा नगरपालिकाकी नगरउपप्रमुख पुनम कुमारी चौधरीले आर्यघाट निर्माणका लागि आफ्ना करोडौंको जग्गा दान गरेकी छन् ।

नगर उपप्रमुख चौधरीले गरुडा नगरपालिका–४ गरुडामा आर्यघाट निर्माणको लागि आफ्ना करोडौं मूल्य पर्ने २ कठ्ठा १० धुर जग्गा नगरपालिकालाई  दान गरेकी हुन् । उपमेयर चौधरीले सोमबार गरुडा नगर प्रमुख कन्थमनी प्रसाद कल्वारलाई उक्त जग्गाको लालपुर्जा उपलब्ध गराएकी हुन् ।

मठ, मन्दिर, मस्जिद, विद्यालय तथा खेल मैदानका लागि प्रायः जग्गादान गर्ने गरेको पाइन्छ, तर गरुडा नगर उपप्रमुख चौधरीले शव दाह गर्ने आर्यघाटका लागि जग्गा दान गरेपछि उनको चौतर्फी प्रशंसा हुन थालेको छ ।

चौधरीले आर्यघाटका लागि जग्गा दान गरेपछि स्थानीय बासिन्दालार्ई शव जलाउन सहज भएको छ । 

उपमेयर चौधरीले निःशुल्क उपलब्ध गराएको उक्त जग्गामा अब पालिकाले शव जलाउने थलो, खानेपानी धारा र हजारौं मलामीहरु एकैसाथ बसेर विश्राम गर्ने पक्की टहरो निर्माण गर्ने नगर प्रमुख कल्वारले बताए ।

गरुडा आस्पास आर्यघाट नहुँदा शव जलाउन समस्या हुँदै आएको थियो, तर पालिकालाई प्राप्त भएको उक्त जग्गामा आर्यघाट निर्माण हुने भएपछि शव जलाउने समस्याबाट स्थानीयहरु मुक्ती पाउने मेयर कल्वारको भनाइ छ । उक्त जग्गामा चाडै आर्यघाट निर्माण गरिने उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise