२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु, पहिलो दिन दिनेश शीर्ष स्थानमा

ADV
मध्यान्ह
२०८१ असार ४ गते १८:४१
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु, पहिलो दिन दिनेश शीर्ष स्थानमा

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७–अन्डर ६५ को शानदार स्कोरमा शीर्ष स्थानमा रहेका छन् । 

उनले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा मंगलबार तोरण र सुमनले ६–अन्डर ६६ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान बाँडे । 

डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ, भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्य ४–अन्डर ६८ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे । ३–अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २–अन्डर ७० सहित वाङचेन ढोन्डुप आठौं स्थानमा छन् । 

१–अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, निरज तामाङ, धन बहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्तरुपमा नवौं स्थान बाँडे ।

पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगी रहित ७–अन्डरको स्कोर दर्ज गरे । सात बर्डी प्रहार गरेका दिनेशले सुरूवात राम्रो गरे । दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यसपछि ब्याक नाइनमा पनि यही लयलाई निरन्तरता दिए । १३औं, १४औं र १७औं होलमा पनि एक–एक सट बचाए । उनले ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे । 

तोरणले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे । यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे । १०औं, १३औं, १५औं र १७औं होलमा बर्डी प्रहार गरे । ५–पारको पाँचौं होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६–अन्डर ३० मा सकाए । 

एमेच्योर सुमनले उत्कृष्ट शुरुवात गर्दै फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए । उनले तेस्रोदेखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे । आठौं होलमा पनि एक सट बचाए । यसपछि दशौं होलमा एक सट खेर फाले भने ११औं र १३औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

पुरस्कार राशिको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । कूल १५ लाख ५० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौं हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ ।

दुई दिनको खेलपश्चात कट लागू हुनेछ । ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ । 

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो–एम प्रतियोगिता शनिबार हुनेछ । जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise