२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन स्वीकृत

ADV
मध्यान्ह
२०८१ कार्तिक २९ गते २२:२७
 सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।

हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको एनएस ८०ः२०४२ ह्युम पाइपलाई परिमार्जन गरिएको नेपाल गुणस्तर एनएस ८०ः२०८१ पारित भएको हो ।

साथै लिमिटेड ओभन स्याक र घरायसी प्रयोजनमा आउने युपीभीसी पाइप फिटिङको नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ । यसैगरी गरगहना, पानी र माटो परीक्षणसँग सम्बन्धित आईएओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरूप परीक्षण विधिका गुणस्तरहरू समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।

मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई निर्देशन दिए । उनले निर्यात प्रवर्धन हुने अन्य सामग्रीहरूको अध्ययन गरी मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।  
 

ADVADV

सम्बन्धित खबर

Advertise