२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

डढेलोको खतराका कारण अस्ट्रेलियामा शहरहरू खाली गर्न आदेश

ADV
मध्यान्ह
२०८१ मंसिर १ गते १५:४३
डढेलोको खतराका कारण अस्ट्रेलियामा शहरहरू खाली गर्न आदेश

काठमाडौँ : दक्षिणपूर्वी अस्ट्रेलियाली शहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर)को जोखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ  ।  

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपत्कालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनीकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था धेरै बिग्रन सक्ने र यही बसेमा आपत्कालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा  गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।  

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ । मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन शहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ  ।

अधिकारीहरूले शनिबार उत्तर पश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन् । भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ । - एजेन्सी 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise