२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल

shivam cement
मध्यान्ह
२०८१ मंसिर १ गते १८:३६
करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिए ।

कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ । 

अर्थमन्त्रीले करको दायरा बिस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताए ।

उनले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवम् व्यावसायिक संगठन तथा कार्य विशिष्टिकरणका लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिए । यसैगरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवम् सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन निर्देशन दिए ।

संघीयताले आर्थिक केन्द्रहरु विस्तार, खर्चका युनिटहरु एवम् आर्थिक गतिविधिहरु विस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गएपनि सो अनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्ने हो सो अनुरुप बढ्न सकेको आफूले नपाएको बताउँदै अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन निर्देशन दिए ।

ADV

सम्बन्धित खबर

Advertise