२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

Nada
२०८१ मंसिर २ गते १२:४४
Shares
नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं : नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंकले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रकातर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्तगर्न सफल भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

ncell

आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रमकाबिच अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नबिल बैंकलाई  पुरस्कृत गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ ।

यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो । 

ताजा खबर

सम्बन्धित खबर