२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

घोराही सिमेन्टको ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ बजारमा

Nada
२०८१ मंसिर २ गते १४:२३
Shares
घोराही सिमेन्टको ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ बजारमा

काठमाडौं : नेपालको सिमेन्ट उत्पादक घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक यस उद्योगले ल्याउनुको साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

ncell

गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको कम्पनीले जनाएको छ ।

जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउने कम्पनीले जनाएको छ । यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ ।

गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको छ । ‘ढलाइ मिक्स पी.पी.सी सिमेन्ट’ मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओ.पी.सी सिमेन्टको मजबुतिका साथ, मूल्यमा कम्तीमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुनेछ, जसले ग्राहकलाई सहज पहुँच सुनिश्चित गर्दछ । ढलाइ मिक्स सिमेन्टको आगमनसँगै, घोराही सिमेन्ट इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै, निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछ ।

घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा एसियाको सबैभन्दा ठूलो उपत्यकाको बीचमा रहेको कम्पनीको स्थापना सन् २००९ मा भएको हो ।

घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पीपीसी र सगरमाथा क्लिन्कर उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर