२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब १२ करोड

ADV
मध्यान्ह
२०८१ मंसिर २ गते १५:१३
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब १२ करोड

काठमाडौंः साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज शेयर बजार चार दशमलव ९८ अंकले बढेर दुई हजार सात सय ५३ विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ । छ कम्पनीको मूल्य स्थिर छ ।

योसँगै उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज समृद्धि फाइनान्स र गुराँस लघुवित्तको शेयर मूल्य भने अधिक घटेको छ । यी दुई कम्पनीको मूल्य १० प्रतिशतले घटेको हो । 

यस्तै आज कारोबार समय भरिमा ३२६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै समृद्धि फाइनान्सको ४१ करोड ४२ लाख रुपैयाँ र जानकी फाइनान्सको ३५ करोड माथिको शेयर कारोबार भएको छ ।


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise