२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

सुन तस्करीमा संलग्न थप दुई पक्राउ 

draupadi film
मध्यान्ह
२०८१ असार ५ गते १०:३९
सुन तस्करीमा संलग्न थप दुई पक्राउ 

काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।

ब्रेकशुमा लुकाएर सुन तस्करी गर्ने गिरोहमाथि दोस्रो चरणमा चलिरहेको अनुसन्धानमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमध्ये श्रेष्ठ चितवनका सुन पसले हुन् । भण्डारी न्यूरोडमा सुन गाल्ने काम गर्दथे । 

दोस्रो चरणको अनुसन्धानमा सिआइबीले हालसम्म २९ जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धान यही साता सकाएर सिआइबीले सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise