२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत, छाउगोठ भत्काइयो

ADV
मध्यान्ह
२०८१ असार ५ गते १३:०६
अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत, छाउगोठ भत्काइयो

अछाम : अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–२ रिठे तोलाकी १६ वर्षीया एक किशोरी सोमबार राति महिनावारी हुँदा घर नजिकै छाउगोठमा बसेको बेला सामूहिक बलात्कारमा परेकी हुन् ।

किशोरीलाई छाउगोठमा बेहोस अवस्थामा भेटेपछि उद्धार गरेर अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् ।

उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अन्य आरोपी भने फरार छन् ।

किशोरीको उद्धारपछि उनी बलात्कारमा परेको छाउगोठ भत्काइएको छ । किशोरी बलात्कारमा परेको सूचना पाएपछि पञ्चदेवल विनायकका नगरपालिकाका प्रमुख अम्बिका चलाउनेलगायत जनप्रतिनिधि घटनास्थलमा पुगेका थिए । त्यसपछि छाउगोठ भत्काइएको स्थानीयहरुले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise