२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पाकिस्तानमा भएको आक्रमणमा ८ जना सैनिकको मृत्यु, ७ प्रहरी अपहरण

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते १३:३४
पाकिस्तानमा भएको आक्रमणमा ८ जना सैनिकको मृत्यु, ७ प्रहरी अपहरण

काठमाडौंः उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा ८ जना सैनिकको मृत्यु हुनुका साथै ७ जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मंगलबार जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा ८ जना सैनिक र ९ जना आतङ्कवादी मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् । पाकिस्तानी तालिबान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ ।

तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका ७ जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हात हतियारहरू पनि जफत गरेका थिए । 

अफगानिस्तानसँगको सिमानामा टिटिपीको आक्रमण बढेको बताउँदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गरेका छन् । तालीवान समूहले अक्टोबर–२५ मा दश जना प्रहरी अधिकारीहरूको हत्या गरेको थियो ।

यस अघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा–१४ जना सैनिकसहित २६ जनाको मृत्यु भएको थियो भने एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरुले ७ जना सैनिकको हत्या गरेका थिए । (एजेन्सी)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise